गृहपृष्ठ फिलिपिन्समा भूकम्प, ६ जनाको मृत्यु, ३०० घाइते

फिलिपिन्समा भूकम्प, ६ जनाको मृत्यु, ३०० घाइते

दक्षिण फिलिपिन्समा मंगलबार गएको शक्तिशाली भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ । ३०० भन्दा बढी घाइते भएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प ६.६ म्याग्निच्युडको थियो । यसलगत्तै अर्को ५.८ म्याग्नीच्यूडको परकम्प जानुका साथै ससाना परकम्पहरु पनि गएका थिए । पहिलो धक्का स्थानीय समयअनुसार विहान ९ः०४ मा तादुनान शहरको २५ किलोमिटर दक्षिणपूर्वमा सात किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रवि भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो । भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ ।

भूकम्पका कारण स्थानीय प्रशासनले स्कुलहरु बन्द गर्न सूचना जारी गरेका छन् । दुई साताअघि पनि फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो ।(एजेन्सी)

प्रकाशित समय ०८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु