गृहपृष्ठ सप्तरीमा अजिंगर भेटियो

सप्तरीमा अजिंगर भेटियो

सप्तरीमा लोपोन्मुख प्रजातिको अजिंगर फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१२ कोशी बाँधमा गए राति १५ किलोको अजिंगर फेला परेको हो ।

स्थानीयवासीले कोशी बाँधमा अजिंगर देखेपछि नजिकैको इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । प्रहरीले अजिंगर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेको छ । यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीमा करीब सात फिट लामो र १२ किलो तौल भएको अजिंगर फेला परेको थियो ।

प्रकाशित समय ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु