गृहपृष्ठ बार्सिलोना ला लिगाको शीर्षस्थानमा
बार्सिलोना ला लिगाको शीर्षस्थानमा
बार्सिलोनाले स्पेनिस लिग ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।
मंगलबार राति भएको खेलमा रियल भालाडोलिडलाई ५-१ गोलको फराकिलो अन्तरले हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लिएको हो । खेलमा कप्तान लियोनल मेसीको उत्कृष्ट प्रदर्शन रह्यो । उनले २ गोल गर्नुका साथै २ असिस्ट समेत प्रदान गरे । दोस्रो मिनेटमा नै बार्सिलोनाले अग्रता लिएको थियो । क्लेमेन्ट लेङलेटले गोल गरे । १५ औं मिनेटमा भालाडोलिडले खेल बराबरीमा ल्याएको थियो । फ्रिकिक प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाए पनि रिबाउन्डमा किको ओलिभासले गोल गरे ।
२९ औं मिनेटमा मेसीको पासमा आर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको ५ मिनेटपछि नै मेसीले फ्रिकिकलाई पोस्टको दिशा दिए । मेसीको करियरमा यो ५० औं फ्रिकिक गोल हो । ७५ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरे । ५९औं मिनेटमा लुइस सुआरेजले पनि गोल गर्दै बार्सिलोनालाई ५-१ को सहज जित दिलाए ।
जितसँगै बार्सिलोना १० खेलबाट २२ अंक जोड्दै तालिकाको शीर्षस्थानमा पुनरागमन गरेको छ । ग्रानडा दोस्रो स्थानमा झरेको छ । उसको १० खेलबाट २० अंक छ ।
प्रकाशित समय ०९:४९ बजे

















