गृहपृष्ठ अदालतबाट सजाय पाएका फरार अभियुक्त पक्राउ

अदालतबाट सजाय पाएका फरार अभियुक्त पक्राउ

pakrau-arrest-newskarobar

आगलागी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक जना पक्राउ परेका छन् । जिल्ला अदालत सिरहाबाट छ महिना कैद सजाय पाएर फरार रहेको सिरहाको मिर्चैया नगरपालिका-७ का २३ वर्षीय ऋषिकेश साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अदालतको फैसला लगतै फरार रहेका साहलाई आफ्नै घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यस्तै गाँजा फँडानी अभियान सुरु गरेको सिरहा प्रहरीले हिजो साँझ जिल्लाको धनगढीमाई नगरपालिका-१२ मा स्थानीयवासीले करिब दुई बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको टोलीले स्थानीयवासीले खेतबारीमा लगाएको २ हजार १५० बोट गाँजा फँडानी गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु