गृहपृष्ठ विद्युत चोरी गर्ने २३ जना पक्राउ

विद्युत चोरी गर्ने २३ जना पक्राउ

सप्तरी-  राजविराजमा विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत विद्युत् चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त टोलीद्वारा गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट २३ जना व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए ।

साहका अनुसार पक्राउ परेकाको साथबाट ६ वटा विद्युत् मिटर,  दुईवटा एलइडी टिभी,  चार थान पानी तान्ने मोटर बरामद गरिएकाे छ । पक्राउ परेकाहरूलार्इ कारबाही प्रक्रिया अगाडि बढाइएको साहले जानकारी दिए । पक्राउ परेकालाई विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत प्रत्येक व्यक्तिबाट रु १५ हजार ५ सय २ राजस्व तिराइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

केही दिनयता विद्युत् चोरी हुन थालेपछि नेपाल विद्युत् प्राधिकरण, राजविराजले हुकिङ नियन्त्रण अभियानलाई तीव्रता दिएको बताइएको छ ।

-रासस

प्रकाशित समय ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु