गृहपृष्ठ नवनियुक्त मन्त्रीहरुले लिए शपथ
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट, रामेश्वर राय यादवले शपथ लिएका हुन् । बुधबार मन्त्रीमा नियुक्त भएका उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सपथ खुवाएकी छन् ।
नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात, भुसाललाई कृषि मन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्राय, रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्रीको जिम्मेवारी दिइएको छ । राज्यमन्त्रीमा रामवीर मानन्धर र नवराज रावत नियुक्त गरिएको छ ।
उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए ।
प्रकाशित समय १२:१९ बजे


















