गृहपृष्ठ उच्च अदालतले माग्यो महरालाई थुनामा पठाउनुको कारणबारे प्रतिवेदन
उच्च अदालतले माग्यो महरालाई थुनामा पठाउनुको कारणबारे प्रतिवेदन
उच्च अदालत, पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुको कारणबारे काठमाडौं जिल्ला अदालतको प्रतिवेदन माग गरेको छ । शुक्रबार मुख्य न्यायाधीश नहकुल सुवेदी सहितको इजलासले ‘कैफियत प्रतिवेदन’ माग्ने आदेश गरेको हो ।
एक महिला कर्मचारीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा जिल्ला अदालतको आदेशले डिल्ली बजार कारागारमा थुनामा रहेका महरा उक्त निर्णयविरुद्ध बिहीबार उच्च अदालत पुगेका थिए । जिल्ला अलालतले दिएको आदेश त्रुटिपूर्ण भएकाले साधारण तारेखमा रिहा हुनपर्ने महराको तर्क छ ।
जिल्ला अदालतको आदेश बदर हुने वा नहुने निर्णय भने दोस्रो सुनुवाइमा हुनेछ । दोस्रो सुनुवाइबाट उच्चले महरालाई थुनामा पठाउने निर्णय माग सदर वा बदरको विषयमा निर्णय गर्नेछ ।
सरकारी वकिलको कार्यालयले बलात्कार प्रयासमा ५ वर्ष र आफू मातहतको कर्मचारीमाथि बलात्कार प्रयास भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता गरेको थियो । महरा गत असाेज १९ गते बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए ।
प्रकाशित समय १७:०८ बजे

















