गृहपृष्ठ सिरियाको युद्धमा फसेका बालबालिकालाई फर्काउन आग्रह
सिरियाको युद्धमा फसेका बालबालिकालाई फर्काउन आग्रह
सिरियाको युद्धमा फसेका ब्रिटेनका बालबालिकालाई घर फिर्ता ल्याइन लागेको ब्रिटेनका विदेश मन्त्रीले बताएका छन् ।
सिरियामा इस्लामिक स्टेट विद्रोही परास्त भएपछि उनीहरू त्यहाँबाट स्वदेश फर्काइने ब्रिटिश बालबालिकाको पहिलो समूह हुनेछन् ।
परोपकारी संस्थाहरूले सिरियामा फसेका सबै ब्रिटिश बालबालिकालाई घर फर्काउन आग्रह गरिरहेका छन् ।
विदेशमन्त्री डोमिनिक राबले ती अवोध बालबालिकाहरूलाई युद्धभूमिको त्रास भोग्न बाध्य पारिएको भन्दै खेद प्रकट गरे ।
उनले ती बालबालिकाहरूको गोपनियताको अधिकारको सम्मान गरिने बताए । बीबीसी संवाददाताका अनुसार ती बालबालिकाले सिरिया छोडिसकेका छन् ।
बालबालिकाको भविष्य
गत मार्चमा इस्लामिक स्टेट परास्त भएपछि त्यहाँ रहेका विदेशी र तिनका बालबालिकाको भविष्यबारे विभिन्न प्रश्न उठिरहेका छन् ।
फ्रान्स डेनमार्क, नर्वे र काजख्स्तानबाट आईएसलाई सघाउन सिरिया पुगेका आमाबाबुका छोराछोरी अहिले आफ्नो देश फिर्ता भइससकेका छन् ।
सेभ् द चिल्ड्रेन नामक संस्थाको अनुमानमा ६० जना जति ब्रिटिश बालबालिकाहरू सिरियामा फसेका छन् ।
उनीहरू यो हिउँदको चिसोमा कठ्याङ्ग्रिन बाध्य छन् । आफ्ना आमाबाबुले गरेको अपराधको सजाय बालबालिकाले पाउनु हुँदैन भन्ने विषयमा अहिले युरोपभरि बहस चर्किरहेको छ ।
यसैबीच नेदरल्यान्डको एक अदालतमा उत्तरी सिरियामा रहेका ६० डच बालबालिकालाई स्वदेश फर्काउनु भन्ने अर्को अदालतको आदेशको विपक्षमा सरकारले दायर गरेको निवेदनमाथि सुनुवाइ पूरा भएको छ ।
पुनरावेदन अदालतले सरकार ती बालबालिकालाई फर्काउन सघाउन बाध्य नहुने निर्णय सुनाएको छ । (बिबिसीबाट)
प्रकाशित समय ०९:३१ बजे

















