गृहपृष्ठ तारा एयरको विमान दुर्घटना, कुनै मानवीय क्षति भएन

तारा एयरको विमान दुर्घटना, कुनै मानवीय क्षति भएन

काठमाडौं- जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगन्जबाट गएको विमान ल्यान्ड गर्ने क्रममा टायर पन्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो । तर, दुर्घटनामा कुनै मानवीय क्षति नभएको जुम्ला प्रहरीले जनाएको छ । विमानमा १८ यात्रु र चालक दलका सदस्य थिए ।

प्रकाशित समय १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु