गृहपृष्ठ प्रधानमन्त्रीले भने, ‘मेरो स्वास्थ्यमा सुधार भइरहेको छ, शुभेच्छुक सबैलाई धन्यवाद’
प्रधानमन्त्रीले भने, ‘मेरो स्वास्थ्यमा सुधार भइरहेको छ, शुभेच्छुक सबैलाई धन्यवाद’
एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार भइरहेकाे बताएका छन् । उनले शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन् ।
बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) November 28, 2019
प्रधानमन्त्री ओलीले बिहीबार ट्विट गरेका छन्, ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ। स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको मंगलबारदेखि उपचार भइरहेकाे छ ।
प्रकाशित समय १२:०१ बजे

















