गृहपृष्ठ ब्राउन सुगरसहित तीन पक्राउ
ब्राउन सुगरसहित तीन पक्राउ
प्रहरीले धनगढीबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका-५ जाइँ बस्ने २८ वर्षीय इन्द्रजित धामी, वडा नं ८ बस्ने १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका-३ घर भई हाल धनगढी-१ बस्ने १९ वर्षीया मोनिका थापा भन्ने मोनिका बुढालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिए ।
उनीहरु तीनै जनालाई धनगढीस्थित पुष्पाञ्जली होटलको कोठा नं ७०१ बाट तीन ग्राम ७६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको उनले बताए ।
प्रकाशित समय १२:३२ बजे

















