गृहपृष्ठ ‘लण्डन ब्रिज’मा चक्कु आक्रमण गर्ने व्यक्तिको आतंककारी समूहसँग सम्बन्ध रहेको दावी

‘लण्डन ब्रिज’मा चक्कु आक्रमण गर्ने व्यक्तिको आतंककारी समूहसँग सम्बन्ध रहेको दावी

london bridge attack

बेलायतको राजधानीस्थित ‘लण्डन ब्रिज’ मा शुक्रबार राति धारिलो हतियार (चक्कू) आक्रमण गर्ने व्यक्ति हालै जेलमुक्त गरिएका आतंकवादी समूहका एक कैदी रहेको र आक्रमणमा आतंकवादी समूहको सम्लग्नता रहेको भेटिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शुक्रबार राति उक्त व्यक्तिले धारिलो हतियारद्वारा अन्धाधुन्ध बटुवामाथि आक्रमण गर्दा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । घाइते दुवैजनाको स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

शंकास्पद उक्त व्यक्तिबारे बेलायती प्रहरीलाई जानकारी रहेको र उसले आफूलाई चिनाउने संकेत (ट्याग) लगाएको विश्वास गरिएको छ ।

लण्डन महानगर प्रहरी सेवाले आक्रमणलाई घटना लगत्तै ‘आतंकवादी घटना’ बताएको छ । चक्कू आक्रमणमा सम्लग्न भनिएको व्यक्तिलाई प्रहरी चलाएको गोली लागि घटनास्थलमा नै मृत्यु भएको थियो । शंकास्पद उक्त आक्रमणकारीले शरीरमा ‘नक्कली विष्फोटक पदार्थ’ लगाएको विश्वास गरिएको महानगर प्रहरी सेवाले जनाएको छ ।

शुक्रबार राति उक्त व्यक्तिले धारिलो हतियारद्वारा अन्धाधुन्ध बटुवामाथि आक्रमण गर्दा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । घाइते दुबैजनाको स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आक्रमणपछि ट्वीट सन्देशमार्फत भने, ‘सरकारले सडकहरूमा समेत प्रहरीको उपस्थितिलाई मजबुत बनाएको छ ।’ यस पहिले सन् २०१७ को जुन ३ मा पनि ‘लण्डन ब्रिज’ यस्तै आक्रमण भएको थियो । उक्त घटनामा आठ सर्वसाधारण मारिएका थिए भने अन्य केही व्यक्ति घाइते भएका थिए । (रासस)

प्रकाशित समय १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु