गृहपृष्ठ फिलिपिन्समा कामुरी आँधीबाट मर्नेको संख्या १७ पुग्यो

फिलिपिन्समा कामुरी आँधीबाट मर्नेको संख्या १७ पुग्यो

phillipines

फिलिपिन्समा सोमबारबाट आएको आँधीका कारण ज्यान जानेको संख्या १७ पुगेको छ । सोमबारबाट सुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँ मानिस विस्थापित भएका फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) ले बताएको छ ।

गत १२ घण्टाभित्र निनोय अक्वीनो अन्तर्राष्ट्रिय विमानस्थलमा ३२९ आन्तरिक उडान र १९२ अन्तर्राष्ट्रिय उडान बुधबार बिहान ११ बजेसम्म रद्द गरिएको छ । सन् २०१३ मा आएको हायान नामक आँधीका कारण पनि ७ हजार ३०० नागरिकको मृत्यु भएको या हराएका थिए । यसबाट फिलिपिन्समा निकै ठूलो क्षति पुगेको थियो ।

प्रकाशित समय १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु