गृहपृष्ठ बुर्किना फासोमा सुरक्षा कारबाहीमा २० आतंककारी मारिए

बुर्किना फासोमा सुरक्षा कारबाहीमा २० आतंककारी मारिए

burkina faso

अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतंकवादी र तीन सैनिक मारिएको सेनाले जनाएको छ । मंगलबार बिहान उत्तरी राज्य बान्ह र उत्तरपश्चिमी तोइनी इलाकामा रेहको सुरक्षा जाँच चौकीमा उक्त आक्रमण भएको सेनाद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

आइतबार बन्दुकधारीहरूले एउटा चर्चमा गरेको आक्रमणमा १८ व्यक्तिको मृत्यु हुनुको साथै कैयौं घाइते भएका थिए । दक्षिण अफ्रिकी यस देशमा सन् २०१५ यता भएका आक्रमणहरुमा ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसमा २०० सशस्त्र सैनिक रहेका जनाइएको छ । आतंककारी आक्रमणको कारण हजारौं व्यक्ति विस्थापित भएका छन् । (रासस)

प्रकाशित समय १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु