गृहपृष्ठ प्रधानमन्त्री डिस्चार्ज हुँदै

प्रधानमन्त्री डिस्चार्ज हुँदै

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा १० दिनदेखि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुने भएका छन् ।

३ बजेपछि प्रधानमन्त्रीको डिस्चार्ज हुने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीको १० दिनअघि सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

पेट दुख्ने समस्या भएपछि अस्पताल भर्ना गरिएका उनलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि तत्काल शल्यक्रिया गरिएको थियो । यसै अवधिमा पनि उनको नियमित डायलासिस भइरहको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी पनि आज अस्पताल पुगेकी छन् ।

प्रकाशित समय १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु