गृहपृष्ठ लैंगिक हिंसा नियन्त्रण गर्न समन्वकारी काम गर्न आग्रह

लैंगिक हिंसा नियन्त्रण गर्न समन्वकारी काम गर्न आग्रह

मानव बेचबिखन एवं लैंगिक हिंसा नियन्त्रण गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ ।

सोह्रदिने लैंगिक हिंसाविरुद्धको अवसरमा सुनगाभा सामुदायिक विकास केन्द्र रुपन्देहीद्वारा शनिबार आयोजित कार्यक्रममा मानव बेचबिखन एवं लैंगिक हिंसा नियन्त्रण गर्न सरकार तथा नागरिक समाजले समन्वयकारी काम गर्न आग्रह गरियो ।

कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले लैंगिक हिंसा अन्त्य गर्न कानुन, नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।

आर्थिक वर्ष २०७५/७६ मा प्रदेश नं ५ मा २५८ मानव बेचबिखनसँग सम्बन्धित घटना नेपाल प्रहरी, महिला तथा बालबालिका सेवा निर्देशनालयमा दर्ता भएका थिए ।

कार्यक्रममा केन्द्रका अध्यक्ष प्रेमबहादुर विकले समाजमा आपराधिक क्रियाकलाप बढ्दै गएकाले यसको नियन्त्रणका लागि समुदायलाई सचेत बनाउन जरुरी रहेको बताए ।

केन्द्रका कार्यकारी निर्देशक गोपालबहादुर केसीले मानवअधिकार संरक्षण र संवर्द्धनका लागि सञ्चारकर्मीको सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिए । (रासस)

प्रकाशित समय ०९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु