गृहपृष्ठ सागमा आज कुन-कुन खेल कहाँ हुँदैछन् ?
सागमा आज कुन-कुन खेल कहाँ हुँदैछन् ?
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज जुडोका प्रतिष्पर्धा सुरु हुँदैछन् ।
जुडोका खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा हुने छन् ।
जुडोमा महिलातर्फ ४८ केजी मुनि, ५२ केजी मुनि, ५७ केजी मुनि र ६३ केजी मुनि तौल समूहमा प्रतिष्पर्धा हुनेछ ।
यस्तै पुरुषतर्फ ६० केजी मुनि, ६६ केजी मुनि र ७३ केजी मुनि तौल समूहमा प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै आइतबार पुरुषका तीन तथा महिला तर्फका चार स्पर्धामा स्वर्णको टुंगो लाग्ने छन् ।
आज सातदोबाटोमा स्क्वासको पुरुष तथा महिला एकलतर्फ फाइनल पनि हुनेछ । यसैगरी फेन्सिङमा तीन स्पर्धाको फाइनल खेल पनि आज नै हुनेछ ।
पौडीतर्फ ८ स्वर्णका लागि प्रतिष्पर्धा हुनेछ । यस्तै बास्केटबलतर्फ नेपालका महिला र पुरुष दुवै टिमले खेल्नेछन् । बक्सिङ अन्तर्गत सेमिफाइनल चरणका खेलहरु पनि आज हुने भएका छन् ।
प्रकाशित समय ०८:५२ बजे

















