गृहपृष्ठ जंगली हात्तीले धान र तरकारी खाइदिएर हैरान

जंगली हात्तीले धान र तरकारी खाइदिएर हैरान

धान भित्र्याउने बेलामा सप्तरीको विभिन्न गाउँमा हात्तीले धान खान थालेपछि गाउँले हैरान भएका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षबाट हात्तीको समूहले शनिबार राति सप्तरीको शम्भुनाथ नगरपालिका-८ बैरयाहीस्थित सकुर मियाँको घरको झ्याल भत्काई सात मन धान खाएको मियाँले बताए ।

धान खान आउने हात्तीले कुल्चिएर लगाएको बालीसमेत नोक्सान गर्ने गरेको स्थानीयवासीले बताएका छन् । हात्तीको समूहले कुल्चिएर अगमलाल चौधरीको दुई कठ्ठा खेतमा लगाएको आलु र इनुस मियाँले दुई कठ्ठा खेतमा लगाएको काउली नोक्सान गरी दिएको स्थानीय सरस्वती चौधरीले बताइन् । (रासस)

प्रकाशित समय १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु