गृहपृष्ठ खरले छाएको घरमा आगलागी

खरले छाएको घरमा आगलागी

सांकेतिक तस्बिर ।

दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ बजेतिर गढवा गाउँपालिका-७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको अन्नपापत, भाँडावर्तनलगायतका सामग्री जल्दा १ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । उनका अनुसार आगो बिहान २ बजेतिर नियन्त्रणमा लिइएको थियो । दाङमा प्रायः खरले छाएका घरमा आगलागी हुने समस्या रहेको छ । फुसले छाएका घरहरू हटाउने अभियानमा यहाँका जनप्रतिनिधि क्रियाशील रहेका छन् । (रासस)

प्रकाशित समय १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु