गृहपृष्ठ आज १७ स्वर्णका लागि प्रतिस्पर्धासहित सागको समापन

आज १७ स्वर्णका लागि प्रतिस्पर्धासहित सागको समापन

आज १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल र भुटानबीच फुटबलसँगै १७ स्वर्णको लागि प्रतिस्पर्धा हुने भएको छ ।

मंसिर १५ देखि सुरु भएको साग आज (सोमबार) समापन हुने भएको छ । खेल तालिका अनुसार आज चार खेलमा प्रतिस्पर्धा हुनेछन् ।

दिउँसो ३ बजे नेपाल र भुटानबीच दशरथ रंगशालामा पुरुष फुटबलको फाइनल खेल हुँदै छ ।

जुडोमा ६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने बास्केटबलको पुरुष र महिलाको स्वर्णका लागि पनि आजै खेल हुनेछ ।

यस्तै बक्सिङमा ८ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा नेपालका ५ बक्सरले स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन् ।

महिला फाइनलमा नेपाल र भारतबीच तथा पुरुष फाइनलमा श्रीलंका र भारतबीच खेल हुनेछ ।

प्रकाशित समय १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु