गृहपृष्ठ राष्ट्रियताका लागि सर्जकहरु सडकमा
राष्ट्रियताका लागि सर्जकहरु सडकमा
काठमाडौँ । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत देशका विभिन्न भूभागहरूमा भारतीय हस्तक्षेप र सीमा अतिक्रमणका विरुद्ध देशभक्त तथा क्रान्तिकारी कवि÷सर्जकहरूले सडक कविता आन्दोलनको सुरुवात गरेका छन् ।
काठमाडौँको गोंगबु चोकमा मंगलबार सम्पन्न सडक कविता आन्दोलनमा १५ भन्दा बढी विभिन्न कविहरूले सीमा अतिक्रमण र भारतीय हस्तक्षेपका विरुद्ध कविता वाचन गरेका थिए ।
कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्यसमेत रहेका कवि बीपी विद्रोही, महेन्द्र थुलुङ राई, दिपेन सिम्खडा, साहित्यकार रत्नप्रसाद अनामणी, विज्ञान शर्मा, नारायण ढकाललगायत स्रष्टाले कविताका माध्यमबाट राष्ट्रियता रक्षाको माग गरे ।
कार्यक्रममा दर्जनौँ स्थानीय बासिन्दाको उपस्थिति थियो । कविता वाचन गर्दै कवि एवम् सडक कविता आन्दोलनका अभियन्ता रसुवाली कविले राष्ट्रियता सङ्कटमा परेको बेला सबै कवि, सर्जक एवम् साहित्यकारहरूलाई सडकमा ओर्लिन आह्वान गरेका थिए ।
प्रकाशित समय ०७:०६ बजे

















