गृहपृष्ठ इसरोले आज पठाउँदै छ शक्तिशाली रक्षा उपग्रह
इसरोले आज पठाउँदै छ शक्तिशाली रक्षा उपग्रह
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आज देशको एक नयाँ जासुसी उपग्रह रिसेट-२बिआर१ र ९ विदेशी उपग्रहहरू लन्च गर्दै छ । श्रीहरिकोटाको सतीश धवन स्पेस सेन्टरबाट यो उपग्रह लन्च गरिँदै छ ।
श्री हरिकोटाबाट यो ५०औं लन्चिङ हुनेछ । लन्चिङका लागि काउन्टडाउन मंगलबार स्थानीय समय साँझ ४:४० बजेदेखि नै सुरू भइसकेको छ । रकेट पिएसएलवी-सी४८ अपराह्न ३:२५ रिसेट-२बिआर१ सँगै उडान भर्दै छ । पिएसएलभी रकेटको यो ५०औं उडान हो ।
रिसेट-२बिआर१ एक राडार इमेजिङ निगरानी गर्ने उपग्रह हो । यस उपग्रहको तौल ६२८ किलोग्राम छ । यस उपग्रहले बदली र निष्पट्ट अँध्यारोमा पनि सफा तस्बर खिच्न सक्छ । यसमा जडित विशेष सेन्सरका कारण सीमापार आतंकबादीका सम्मेलनका सूचना पनि अग्रिम रूपमा प्राप्त हुन्छन् । साथै सीमापार भएका गतिविधिहरूको विश्लेषण गर्न पनि सहज हुन जान्छ । २२ मेमा लन्च गरिएको आरआइसेट-२बी ले पहिलेदेखि नै देशको बौद्धिक चक्षुका रूपमा निगरानीको काम गर्दै छ ।
वेबदुनियाका अनुसार भारतीय उपग्रहलाई ५७६ किमि कक्षमा स्थापना गरिनेछ । यसले पाँच वर्षसम्म काम गर्नेछ । यो भारतीय उपग्रहसँगै साना ९ वटा उपग्रह पनि लग्दै छ । तीमध्ये इजराइल, इटली, जापानका एक-एक र अमेरिकाका ६ उपग्रह छन् ।
विदेशी उपग्रहहरू न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआइएल) सँगै एक व्यापारिक व्यवस्थाअन्तर्गत लन्च गरिँदै छन् । इसरोका अनुसार उपग्रहहरूलाई पिएलएलभी-क्युएल भेरियन्टमार्फत लगिनेछ ।
प्रकाशित समय १३:०२ बजे

















