गृहपृष्ठ केन्यामा सवारी दुर्घटना : ७ जनाको मृत्यु, ६३ घाइते

केन्यामा सवारी दुर्घटना : ७ जनाको मृत्यु, ६३ घाइते

केन्यामा भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु ६३ जना घाइते भएका छन् ।

दुई वटा यात्रुबहाक बस नैरोबी—मोम्बासा राजमार्गमा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरी अधिकारीले बिहीबार जनाएका छन् ।

क्षेत्रीय प्रहरी प्रमुख जोसेफ ओले नापेइयानले दिएको जानकारीअनुसार सालामा नजिकै भएको दुर्घटनामा परेका दुवै बस मोड्रन कस्ट यातायात कम्पनीका थिए ।

त्यही कम्पनीको एउटा बस टहमिड यातायात कम्पनीको बससँग एक दिन अगाडि त्यही ठाउँमा जुधेको पनि प्रहरी अधिकारीहरूले बताएका छन् ।

स्थानीय समय अनुसार राति २ बजेतिर दुर्घटना भएको र घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको उनले बताए ।

केन्यामा सवारी दुर्घटना धेरै हुने गरेको छ भने वार्षिक तीन हजार जनाको सवारी दुर्घटनाकै कारण मृत्यु हुने गरेको तथ्यांक छ । (एजेन्सी)

प्रकाशित समय ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु