गृहपृष्ठ कन्जर्भेटिभ पार्टीले पायो बहुमत, लेबर निराश
कन्जर्भेटिभ पार्टीले पायो बहुमत, लेबर निराश
बेलायतको आम निर्वाचनमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । ६५० सिट भएको संसदमा कन्जर्भेटिभले बहुमतका लागि आवश्यक ३२६ सिटको संख्या कटाइसकेको छ । मतदाताको शैलीअनुसार त्यस पार्टीले ३६३ सिट जित्ने आकलन गरिँदै छ ।
विपक्षी लेबर पार्टीले परम्परागत पुराना गढ पनि गुमाइसकेको छ । विश्लेषकहरूले उसको सिट संख्या २ सयभन्दा कम हुने आकलन गर्न थालेका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भने, ‘अब एक नयाँ जनादेश प्राप्त भएकाले बेलायतलाई युरोपेली संघबाट अलग गराउने ब्रेक्जिट सम्झौता लागु गर्न एकजुट पार्न सकिएला ।’
बिबिसीका अनुसार लेबर पार्टीका नेता जेरेमी कर्बिनले परिणामप्रति अपसोच मान्दै लेबर पार्टीका लागि निराशाजनक भएको बताए । विश्लेषकहरू लेबर पार्टीले सन् २०१६ मा ब्रेक्जिटप्रति उठाएको कदमका कारण क्षमतावान् मानिसको समर्थन पाउन नसकेको बताउँछन् ।
विगत पाँच वर्षभन्दा कम समयमा बेलायतमा भएको यो तेस्रो निर्वाचन हो । बेलायतकै इतिहास विगत लगभग १ सय वर्षमा डिसेम्बरमा भएको यो पहिलो निर्वाचन हो ।
युरोपेली संघले बेलायतलाई अलग हुने ब्रेक्जिटको समयसीमा आगामी ३१ जनवरीसम्म बढाइदिएको थियो । इयूले भनेको छ, ‘यदि बेलायती संसद् ३१ जनवरीभन्दा अघि कुनै सम्झौतामा सहमति दिन्छ भने बेलायत इयूबाट अलग हुन सक्छ ।
प्रकाशित समय १२:४९ बजे

















