गृहपृष्ठ सेना चढेको बस दुर्घटनामा तीस घाइते
सेना चढेको बस दुर्घटनामा तीस घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् । ना६ख ४०४ नंको बस आफैं अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । बसमा ४० नेपाली सेना थिए । दस जनालाई भने केही नभएको प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित समय १०:२७ बजे

















