गृहपृष्ठ एनआईसी एसिया बैंक र फुडमान्डुबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता

एनआईसी एसिया बैंक र फुडमान्डुबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता

एनआईसी एसिया बैंक लिमिटेड र फुडमान्डु प्रालिबीच एनआईसी एसिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार कुनै पनि बैंकका ग्राहकले फुडमान्डुबाट आफूले इच्छाईएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

यस सम्झौतासँगै सीमित अवधिका लागि एनआईसी एसिया बैंकलगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा २५% वा अधिकतम् ४ सयसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी र फुडमान्डुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालमा छन् ।

करिब १९ लाख ग्राहकको साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको जनाएको छ ।

बैंकले वित्तीय समावेशीकरणका लागि वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानलगायतका जिल्लाहरु शाखा विस्तार गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित समय १०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु