गृहपृष्ठ ‘हस्पिटालिटी एन्ड फुड सेफ्टी’ बारे गोष्ठी सम्पन्न
‘हस्पिटालिटी एन्ड फुड सेफ्टी’ बारे गोष्ठी सम्पन्न
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) र सेफ एसोसिएसन अफ नेपालको सहकार्यमा शुक्रबार रोयल ब्यांक्वेट तीनकुनेमा ‘हस्पिटालिटी एन्ड फुड सेफ्टी’ सम्बन्धी एक कार्यशाला गोष्ठी सम्पन्न भयो ।
रेस्टुराँ सञ्चालक, सेफ तथा व्यवस्थापन अधिकृतहरुको सहभागितामा सम्पन्न यस गोष्ठीमा म्यारिओट होटलका लर्निङ एन्ड डेभेलपमेन्ट डाइरेक्टर रुपेश श्रेष्ठबाट ‘हस्पिटालिटी क्षेत्रमा मानव संसाधनको भूमिका र उनीहरुप्रति सञ्चालकहरुको जिम्मेवारी’ विषयमा र फुडमान्डौंका कार्यकारी प्रमुख निदान श्रेष्ठबाट ‘अनलाइनमा रेस्टुरेन्ट व्यवसायको अवसर र चुनौती’ विषयमा प्रस्तुति दिएका थिए ।
त्यसैगरी एआइटिएम कलेजका प्राचार्य वसन्त जोशीले ‘फुड प्रोडक्सन, सेफ्टी एन्ड हाइजिन’ विषयमा प्रस्तुति दिएका थिए भने गेट कलेज मण्डिखाटारका प्रमुख कार्यकारी अधिकृत खेम खलैले ‘रेस्टुरेन्ट सञ्चालन’ विषयमा प्रस्तुति दिएका थिए ।
सहभागीहरुले गोष्ठीको समापनमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नियमित कार्यक्रमसँगै अन्य पृथक् कार्यक्रम पनि सञ्चालन गर्न आयोजक संस्था रेबान र सेफ एसोसिएसनलाई आग्रह गरेको थियो । (रासस)
प्रकाशित समय ११:२६ बजे

















