गृहपृष्ठ दोषीलाई कारबाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता
दोषीलाई कारबाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता
गृहमन्त्री रामबहादुर थापाले धनुषामा भएको बम विस्फोटका दोषीलाई कडा कारबाही गर्ने बताएका छन् ।
शुक्रबार राती क्षिरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्ने बताएका हुन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको घटनाले आफू स्तब्ध भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगरमा गयराति भएको विस्फोटमा पर नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ । मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
उनले घटनामा संलग्न जो कोहीलाई कानुनी कारबाही गर्ने पनि बताएका छन् । उनले लेखेका छन्, ‘यसप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याई छाड्ने सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछु ।’
प्रकाशित समय १३:४८ बजे


















