गृहपृष्ठ छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला
छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला
सांकेतिक तस्बिर
पर्वतको फलेवास नगरपालिका-७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृत अवस्थामा फेला परेका छन् । अत्यधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुन सक्ने आशंका जिल्ला प्रहरी कार्यालय पर्वतले गरेको छ ।
यस्तै बाजुरा जिल्लाको बडिमालिका नगरपालिका-९ चौराटाका ३५ वर्षीय जंगबहादुर विष्ट ठुलीगाड नजिक मृत अवस्थामा भेटिएका छन् । प्रहरीले मालिका नमुना माविमा कार्यरत विष्टको मृत्युबारे अनुसन्धान जारी राखेको जनाएको छ । आवश्यक अनुसन्धानपछि मात्र शव परीक्षण गर्नुपर्ने माग आफन्तले राखेका छन् ।
प्रकाशित समय १०:२९ बजे

















