गृहपृष्ठ खुल्यो राजमार्ग
खुल्यो राजमार्ग
हिमपातका कारण अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु भएको छ । डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा सडकमा जमेको हिउँ हटाइएपछि राजमार्ग सुरु भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।
गएराति परेको हिउँका कारण राजमार्ग अवरुद्ध हुँदा सात पहाडी जिल्ला जाने र पहाडी जिल्लाबाट तराई आउने यात्रुहरु समस्यामा परेका थिए । हिमपातका कारण डोटीको गैरा, डडेल्धुराको हगुल्टे क्षेत्रमा राजमार्ग अवरुद्ध भएको थियो ।
हिमपातकै कारण अवरुद्ध दशरथ चन्द राजमाग पनि सुचारु भएको छ । राजमार्गमा जमेको हिउँ डोजरको सहयोगमा हटाएपछि यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अवरुद्ध सडक खुलाउन सुरक्षा निकायले पनि सहयोग गरेको थियो ।
प्रकाशित समय १८:४३ बजे

















