गृहपृष्ठ कनेक्ट आइपिएस मोबाइल एप्सको मासिक कारोबार सीमा थप
कनेक्ट आइपिएस मोबाइल एप्सको मासिक कारोबार सीमा थप
नेपाल क्लियरिङ हाउसले सञ्चालन गर्दै आएको कनेक्ट आइपिएस ई-पेमेन्ट प्रणालीको मोबाइल एप्लिकेसनमार्फत प्रतिमहिना गरिने कारोबारको अधिकतम सीमालाई एक लाखबाट बढाएर दुई लाख पुर्याएको छ । क्लियरिङ हाउसले पुस २१ गतेबाट लागू हुने गरी कारोबार सीमा बढाएको हो ।
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७६ बमोजिम मासिक कारोबार सीमा थप गरिएको क्लियरिङ हाउसले जनाएको छ । प्रतिकारोबर सीमा भने ५० हजार रुपैयाँ नै छ । कनेक्ट आइपिएसको वेबसाइटबाट गरिने कारोबारको सीमा भने प्रतिकारोबर १० लाख रुपैयाँ र प्रतिबैंक मासिक ५० लाख रुपैयाँ यथावत् छ ।
प्रकाशित समय १८:४१ बजे

















