गृहपृष्ठ ‘भुलवश’ युक्रेनी विमान खसालिएकाे इरानद्वारा स्वीकार

‘भुलवश’ युक्रेनी विमान खसालिएकाे इरानद्वारा स्वीकार

इरानी सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकारेको छ । इरानको सरकारी टेलिभिजनकाे एक रिपोर्टअनुसार सेनाले युक्रेनी विमानलाई ‘भुलवश’ खसालेकाे बताएकाे हाे ।

शनिबार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको जनाएकाे छ । इरानका विदेशमन्त्री जावद जरीफले ट्वीट गर्दै उक्त दिनलाई दुःखद् दिन भनेका छन् । उनले मानवीय त्रुटिले विपद निम्त्याएकाे उल्लेख गरेका छन् ।

सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिअनुसार उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही गरिने उल्लेख छ । बोइङ ७३७ युक्रेनी विमान बुधबार तेहरानमा दुर्घटनाग्रस्त भएको भएकाे थियाे । घटनामा विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो ।

इरानले इराकस्थित अमेरिकी सैनिकहरूको बेस क्याम्पमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो । पहिले इरानले उक्त विमानलाई खसालेकाे इन्कार गर्दै थियो । तर, अमेरिका र क्यानडाले इरानले विमान खसालेकाे बताएका थिए ।

 

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु