गृहपृष्ठ काठमाडाैंमा भव्य रूपमा मनाइयाे पृथ्वीनारायण स्मृति दिवस
काठमाडाैंमा भव्य रूपमा मनाइयाे पृथ्वीनारायण स्मृति दिवस
पृथ्वीनारायण शाहको २९८ औँ पृथ्वी जयन्ती काठमाडौंमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
राष्ट्रिय एकता दिवस नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले देशभर कार्यक्रमहरु मनाएको छ ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताको उपमा दिने गरिन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा २९८ औं पृथ्वी जयन्ती त्रिद्विवसीय कार्यक्रमसाथ मनाईँदै छ ।

गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।
प्रकाशित समय १५:४२ बजे

















