गृहपृष्ठ गाउँपालिका अध्यक्षमाथि कुटपिट
गाउँपालिका अध्यक्षमाथि कुटपिट
डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमाथि कुटपिट भएको छ । गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । शुक्रबार दिउँसो बैठकमा सहभागी हुन गइरहेका बेला उनलाई अपहरण गरी कुटपिट गरिएको हो । उनी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट अध्यक्ष चयन भएका हुन् ।
जोशीलाई मुकुन्डो लगाएर आएको समूहले अपहरण गरी कुटपिट गरेको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले बताए । कुटपिटबाट जोशीको खुट्टा, टाउको र हातमा गम्भीर चोट लागेको छ । जोशीलाई उपचारका लागि धनगढी ल्याइएको छ ।
घटनालगत्तै नेकपा डडेल्धुराले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्सना गरेको छ । नेकपा डडेल्धुराका सचिव वीरेन्द्रकुमार बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
प्रकाशित समय १७:०१ बजे

















