गृहपृष्ठ पेट्रोल छर्केर औषधी पसलमा आगजनी

पेट्रोल छर्केर औषधी पसलमा आगजनी

प्रादेशिक अस्पताल जनकपुरको अगाडि पंकज साहले सञ्चालन गर्दै आएको औषधी पसलमा अज्ञात समूहले आगजनी गरेको छ । अज्ञात समूहले गए राति कल्पना औषधी पसलमा पेट्रोल छर्केर आगो लगाइएको प्रहरीकोे प्रारम्भिक अनुसन्धानले देखाएको हो ।

आगजनीबाट करिब ९० लाख मूल्यबराबरको औषधी जलेर नष्ट भएको सञ्चालक साहले बताएका छन् । बिहीबार मध्यरातमा अज्ञात समूहले औषधी पसलमा पछाडिको झ्यालबाट पेट्रोल छर्केर आगो लगाइएको प्रहरीको अनुसन्धानले देखिएको छ ।

आगो कसले लगायो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । औषधी पसलमा कसले आगजनी गरेको भन्ने अहिलेसम्म खुल्न नसकेको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु