गृहपृष्ठ विमानस्थलको आगलागीबारे छानबिन गर्न ५ सदस्यीय समिति

विमानस्थलको आगलागीबारे छानबिन गर्न ५ सदस्यीय समिति

सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आगलागीबारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ ।

सोमबार बसेको सचिवस्तरको बैठकबाट गठित समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन् । घटनाको सत्य तथ्य पत्ता लगाइ ७ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न समितिलाई जिम्मा दिइएको छ ।

सोमबार राति सवा ८ बजेको विमानस्थलको प्रस्थान कक्षमा सञ्चालित कफी पसलमा आगलागी हुँदा केही समय उडान र अवतरण अवरुद्ध भएको थियो ।

प्रकाशित समय १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु