गृहपृष्ठ बाबुराम भट्टराई र माधव नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै रिट दायर
बाबुराम भट्टराई र माधव नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै रिट दायर
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरूद्ध समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि ‘नीतिगत निर्णय’ भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईलाई भने मुद्दामा प्रतिवादी बनाइएको छैन ।
अख्तियारले कसैलाई मुद्दा चलाउने र कसैलाई उन्मुक्ति दिनु गैरकानुनी भएकाे रिटमा उल्लेख छ । सरकारी जग्गा व्यक्तिकाे बनाउने निर्णय नीतिगत हुन नसक्ने भएकाले उनीहरुमाथि मुद्दा दायर गर्न अन्तरिम आदेशकाे माग रिटमा गरिएकाे छ ।
ललिता विनासको ११३ रोपनी सरकारी जग्गा मिलोमतामो व्यक्तिको नाममा पुर्याइएपछि सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
प्रकाशित समय १५:४९ बजे

















