गृहपृष्ठ सरकारका २ वर्ष पूरा, आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
सरकारका २ वर्ष पूरा, आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
बर्तमान सरकार गठन भएको आज ठीक २ वर्ष पूरा भएको छ । केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकार २०७४ साल फागुन २ गते गठन भएको थियो ।
सरकार गठन भएपछि कतिपयले यो सरकारको पालामा भ्रष्टाचार, बलात्कार, हत्या हिंसाका घटना बढेको, आर्थिक क्षेत्रमा पनि निकै ठूलो असर परेको भन्दै टिप्पणी गरेका छन् भने कतिपय विश्लेषकहरुले बर्तमान सरकारको २ वर्षका निकै काँचुली फेरेको पनि बताएका छन् ।
यसै सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको २ वर्षको पुगेको उपलक्ष्यमा संसद विशेष सम्बोधन गर्ने भएका छन् । उनको २ वर्षमा भएका कामहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित समय ०९:४७ बजे

















