गृहपृष्ठ जिपले ठक्कर दिँदा असईको ज्यान गयाे
जिपले ठक्कर दिँदा असईको ज्यान गयाे
जिपको ठक्करबाट एक जना प्रहरी सहायक निरीक्षकको ज्यान गएकोक छ ।
काभ्रेको बनेपा नगरपालिका १३ स्थित सडकमा बा १९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो ।
भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट उनको ज्यान गएको प्रहरीले जनाएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १६:५५ बजे

















