गृहपृष्ठ शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री नियुक्त, आजै सपथ

शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री नियुक्त, आजै सपथ

Shivamaya-Tumbahamphe

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी ओलीले उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् । तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे सपथ ग्रहण गराउने तयारी भएको छ ।

उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् । समाजवादी पार्टीले सरकार छाडेपछि कानुन मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ ।

यसअघि, उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आएकी थिइन् ।

प्रकाशित समय ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु