गृहपृष्ठ लगाइराखेको सुनको ब्रासलेट तथा मोबाइल लुटपाट
लगाइराखेको सुनको ब्रासलेट तथा मोबाइल लुटपाट
सांकेतिक तस्बिर ।
कागेश्वरी मनहरा नगरपालिका- ९ सुन्दरीचोकबाट सोही ठाउँ बस्ने सुनसरी घर भएकी २० वर्षीया कान्ती कडरीयाको हातमा लगाएको सुनको ब्रासलेट १ थान र मोबाइल १ थान लुटपाट भएको छ ।
करिब १ लाख १५ हजार रुपैयाँ बराबरको सो धनमाल आइतबार राति लुटपाट भएको प्रहरीले जनाएको छ । अपरिचित ३ जना व्यक्तिहरुले उक्त लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको थियो । प्रहरीका अनुसार घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रकाशित समय १३:२६ बजे

















