गृहपृष्ठ आरआर क्याम्पसमा झडप : ३ घाइते, ६ पक्राउ
आरआर क्याम्पसमा झडप : ३ घाइते, ६ पक्राउ
प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी(आरआर) क्याम्पसमा सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका विद्यार्थी संगठनबीच झडप भएको छ । झडपमा तीन जना घाइते भएका छन् ।
प्रहरीले पनि आफू समर्थकलाई नै नियन्त्रणमा लिएको नेविसंको आरोप छ । कुटपिटबाट आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का घाइते भएको नेविसंले जनाएको छ ।
नेविसंका अनुसार पुस्कर बास्तोला, संजीव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
क्याम्पसमा पढाइ चलिरहेको समयमा भएको झडपका कारण विद्यार्थीहरू त्रसित बनेका छन् । झडपको खबर पाएलगत्तै क्याम्पसमा प्रहरी पुगेको थियो । झडप नियन्त्रण गर्न लाठीचार्जसमेत गर्नुपरेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १४:०१ बजे

















