गृहपृष्ठ अमेरिका जान बैंक ब्यालेन्सका लागि भन्दै ६० लाख ‘ठगी’, २ पक्राउ

अमेरिका जान बैंक ब्यालेन्सका लागि भन्दै ६० लाख ‘ठगी’, २ पक्राउ

pakrau-arrest-newskarobar

अमेरिका जान भिसा प्रोसेसका लागि बैक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामा बागलुङ नगरपालिका- २, पयुँपाटा कुँवरटोल घर भइ ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।

काठमाडौंको तार्केश्वर नगरपालिका- २ बस्ने नुवाकोटकी एक महिलालाई कुँवरले अमेरिका जानको लागि बैक ब्यालेन्स् देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारी सो रकम ठगी गरेका थिए । उनले आफ्नो बैंकका खातामा ६० लाख रुपैयाँ राख्न लगाई रकम राखेको भोलीपल्ट बैंकबाट विभिन्न शाखाबाट नक्कली कागजपत्र राखी रकम निकालेका थिए ।

ठगी गरी सम्पर्क विहिन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले अन्य ३ जना समेतबाट ७० लाख रुपैयाँ लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

प्रकाशित समय १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु