गृहपृष्ठ ‘क्यान इन्फोटेक- २०२०’ (फोटो फिचर)

‘क्यान इन्फोटेक- २०२०’ (फोटो फिचर)

विभिन्न सामान र सेवामा ‘छुट अफर’ उपलब्ध

शिक्षा र प्रविधिसम्बन्धी ६ दिने प्रदर्शनी ‘क्यान इन्फाटेक- २०२०’ शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीमा विभिन्न कम्पनीले प्रविधिसँग सम्बन्धित जानकारीमुलक र व्यापारिक स्टलहरु राखेका छन् । स्टलमा राखिएका सामग्रीबारे जानकारी लिन र खरिद गर्न अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । विद्यार्थीलाई पचास र अन्यलाई सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

प्रदर्शनीका अवसरमा विभिन्न सामान र सेवामा ‘छुट अफर’समेत उपलब्ध गराइएको छ । नयाँ उत्पादन र प्रविधिहरु अवलोकन गर्न पाएकामा सहभागीहरुले खुशी व्यक्त गरेका छन् । गत वर्षका तुलनामा यो पटक अवलोकनकर्ताहरु न्यून रहेको कतिपय सहभागीले बताएका छन् । साइबर सेक्युरीटी रिसर्च एण्ड एनोभेसनले मेलामा सहभागीहरुबीच ‘साइबर सुरक्षा’सम्बन्धी अनुसन्धान सर्वेक्षण पनि गरेको छ ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु