गृहपृष्ठ बाँस्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्रीलाई

बाँस्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्रीलाई

gokul baskota फाइल तस्बिर ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाको राजीनामा स्वीकृत गरेकी हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई दिइएको छ । अब खतिवडाले सरकारको प्रवक्ताको भूमिकासमेत निर्वाह गर्नेछन् ।

ओलीले सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई दिएका छन् ।

‘सेक्युरिटी प्रेस’ खरिद विषयमा विवादास्पद अडियो टेप सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए । त्यसपछि उनले सम्हाल्दै आएका सञ्चार मन्त्रालय खतिवडा र सहरी विकास नेम्वाङलाई दिइएको हो ।

प्रकाशित समय १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु