गृहपृष्ठ कर्णालीलाई अर्गानिक प्रदेश बनाउन ५ बुँदे प्रतिवद्धता

कर्णालीलाई अर्गानिक प्रदेश बनाउन ५ बुँदे प्रतिवद्धता

कर्णालीलाई अर्गानिक प्रदेश बनाउन साझा प्रतिवद्धता गरिएको छ । ‘कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६’मा ५ बुँदे साझा प्रतिवद्धता जारी गरिएको हो ।

बुधबारदेखि सुरु भएको प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा सहभागी कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले कर्णालीलाई अर्गानिक प्रदेश बनाउन पाँच बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कर्णाली प्रदेशको खेतीपाती (खाद्यान्न, तरकारी, फलफूल, मसला, पशुपक्षी पालन तथा कृषिजन्य उद्योगसमेत) समग्रतामा प्रांगारिक (अर्गानिक) बनाउने, सबै कर्णालीवासीलाई यसबारे जागरण बढाउने प्रतिवद्धता गरिएको छ । यस अभियान सफल बनाउन सहकार्य र समन्वय गर्ने, कर्णाली प्रदेशको विविधतायुक्त विशेषता र स्थानीयतामा आधारित प्रांगारिक (अर्गानिक) खेतीपाती उन्नत बनाउने लगायतका सामूहिक प्रतिवद्धता गरिएको हो ।

संघीय सरकारका वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेत, कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, कर्णाली प्रदेशका मन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सभाका सदस्यहरु, कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख/प्रतिनिधिहरु, कर्णाली प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरु, संघीय सरकारका प्रतिनिधि, कर्मचारी, कृषकहरु लगायतका विभिन्न विज्ञहरुले साझा प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रकाशित समय १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु