गृहपृष्ठ मोटरसाइकलको सिटमुनि पेस्तोल र गोली

मोटरसाइकलको सिटमुनि पेस्तोल र गोली

सांकेतिक तस्बिर ।

बौधीमाई नगरपालिका- ९, सरमुजवाबाट सोही नगरपालिका- ८ बस्ने २५ वर्षीय नवल किशोर मुखियालाई कटुवा पेस्तोल १ थान र गोली १ राउण्डसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल चोरी गरेको शंकामा स्थानीयले मुखियालाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बंकुलबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धान गर्ने क्रममा मुखियाले प्रयोग गरेको बा. ६ प २९११ नम्बरको मोटरसाइकलको सिटमुनि उक्त पेस्तोल र गोली फेला परेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु