गृहपृष्ठ प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा आफैं फन्दामा

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा आफैं फन्दामा

चाँगुनारायण नगरपालिका- २, दुवाकोटमा खटिएको प्रहरीलाई २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने खोटाङ घर भई भक्तपुर दुवाकोट बस्ने २४ वर्षीय सुजन थापा बिहीबार बिहान  पक्राउ परेका छन् ।

दुवाकोटबाट सल्लाघारीतर्फ जाँदै गरेको बा. ४ ख ३४५१ नम्बरको बालुवा लोड भएको मिनीट्रक प्रहरीले जाँच गर्ने क्रममा मिति नभएको बिल फेला पारी कारबाही गर्न खोज्दा थापाले प्रहरीलाई उक्त नगद दिन खोजेका थिए ।

प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु