गृहपृष्ठ एनआईसी एशिया क्यापिटलको विशेष छुट योजना
एनआईसी एशिया क्यापिटलको विशेष छुट योजना
एनआईसी एशिया क्यापिटल लिमिटेडले स्थापनाको तेस्रो वर्ष पूरा गरेको छ । यस अवसरमा क्यापिटलले नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ ।
यसअन्तर्गत फागुन २२ देखि आगामी असार मसान्तसम्म निशुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता सञ्चालन शुल्कमा छुटको व्यवस्था गरेको छ । यसको साथै फागुन २२ देखि चैत्र मसान्तसम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुट हुनेछ ।
सञ्चालनमा आएयता प्राप्त उपलब्धिहरुलाई क्यापिटलले बुँदागत रुपमा उल्लेख गरेको छ ।
प्रमुख उपलब्धिहरु :
– मर्चेण्ट बैंकरहरुमध्ये पहिलो ISO 9001:2015 Certified क्यापिटल ।
– निक्षेप सदस्यतर्फ १ लाख ८३ हजारभन्दा बढी हितग्राही खाता ।
– लगानी व्यवस्थापन सेवातर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको ।
– नेपालमै पहिलोपटक IPO ३७ घन्टमा बाँडफाँट गर्न सफल ।
– सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ सन्ध्याकालीन काउण्टर सञ्चालन गरिरहेको ।
– सेयर रजिष्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजारभन्दा बढी सेयरधनीहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको ।
– म्युचुअल फण्ड सेवाअन्तर्गत २ वटा बन्दमुखी योजनामार्फत ३५ हजारभन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको ।
– साथै नेपालमै पहिलोपटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ खुलामुखी सामूहिक लगानी कोष योजना सञ्चालन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको ।
प्रकाशित समय १८:१६ बजे

















