गृहपृष्ठ भारतमा कोरोना भाइरस ३० व्यक्तिमा संक्रमणको पुष्टि
भारतमा कोरोना भाइरस ३० व्यक्तिमा संक्रमणको पुष्टि
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबारसम्म ३० पुगेको छ ।
प्राप्त पछिल्लो सूचना अनुसार भाइरसबाट संक्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
यसअघि बिहीबार नै संघीय स्वास्थ्यमन्त्री डा। हर्षबर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना सङ्क्रमित भएको बताएका थिए । राज्यसभामा बोल्दै उनले भने, ‘देशभर यही मार्च ४ देअि अहिलेसम्ममा कोरोना भाइरसबाट संक्रमितहरूको संख्या २९ पुगेको छ ।’
उनले आफू र आफ्नो टोलीले कोरोना भाइरस फैलिएको अवस्थाको अनुगमन र मूल्यांकन गर्दै समीक्षा र विश्लेषण गरिरहेको पनि जानकारी दिए । कोरोनाको संक्रमण देशभित्र प्रवेश गर्न नदिन सरकारको तर्फबाट गत जनवरी १७ देखि नै विभिन्न प्रयासहरू गरिरहेको मन्त्री बर्धनले बताए ।
विश्व स्वास्थ्य संगठनको सुझाब र आग्रह अगाडि नै आफूहरूले सावधानीस्वरूप काम थालिसकेको दावी उनले गरे ।
उनले सरकारका तर्फबाट गम्भीरतापूर्वक काम भइरहेको पनि दावी गरे। देशका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायतका नाकाहरूमा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको काम गरिएको उनले सदनलाई जानकारी दिए ।
कोरोनाका कारण बिहीबारसम्म संसारभर तीनहजार २०० भन्दा बढीको मृत्यु भइसकेको छ । (एजेन्सी)
प्रकाशित समय ०९:२२ बजे

















